image
image
अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा, कतिमा खुल्ला कारोबार ?

अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा, कतिमा खुल्ला कारोबार ?

काठमाडौं, ४ असोज । अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा आइपुगेको छ । साउनको १८ गतेदेखि २२ गतेसम्म आइपिओ खुलाएको कम्पनीले साउन २९ गते आइपिओ बाँडफाँड गरेको थियो । आइपिओ निष्कासन बाँडफाँड भएको एक महिनाभन्दा लामो समय पछि लगानीकर्ताको खातामा आइपुगेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर जारी गरेको थियो ।

यसमध्ये स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र म्युचुअल फन्डलाई छुट्ट्याएर बाकिँ रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयर गोलाप्रथामार्फत सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट साढे २३ करोड भन्दा बढी अनुमानित लागत रहेको उक्त हाइड्रो महङ्गो लागत परेको हाइड्रोमा पर्छ । प्रति सेयर नेटवर्थ ९७.८७ रहेको यस हाइड्रोको नेटवर्थको तीन गुणा अर्थात २९३ रुपैयाँसम्मको मूल्यमा पहिलो कारोबार खुल्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।