image
image
माछापुच्छे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माछापुच्छे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं, ७ असोज । आज माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि भदौ २६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक कलोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् ।

बैंकले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो ।

गत वर्ष भने बैंकले लाभांश वितरण गरेको थिएन । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ को मुनाफबाट भने बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । उक्त वर्ष बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।