image
image
आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा


काठमाडौं, ७ असोज । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखेको छ । बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो सेयरमा आवेदन दिने म्याद ७ दिनको रहेको छ । आवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। यसअघि पनी संस्थाले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि आवेदन खुला गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।