image
image
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

 

काठमाडौं, ७ असोज। अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। आइतबार कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीको सेयरलाई यूएलएचसी संकेत प्रदान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।