image
image
डेंगु संक्रमणबाट थप एकको निधन

डेंगु संक्रमणबाट थप एकको निधन

 

काठमाडौँ, ८ असोज । डेंगु संक्रमणबाट पाल्पामा सोमबार थप एक जनाको निधन भएको छ। ज्यान गुमाउनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचार उनको मृत्यु भएको बताइएको छ। असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएकोमा उनलाई डेंगुका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।