image
image

आजको विदेशी मुद्राकाे विनिमय दर, कति पुग्यो डलरको मूल्य ?

काठमाडौ, १० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ र युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ कायम गरिएकाे छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९९ रुपैयाँ ९३ पैसामा काराेबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ  तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.९५ पैसा  विक्रीदर ४३१.८९ पैसामा काराेबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।