image
image

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन

काठमाडौ, १४ असोज । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन हो ।साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९% नगद लाभांश (कर सहित)  वितरण गर्दैछ ।

सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।