image
image
आजको तरकारी तथा फलफूलको मूल्य, ४ सय रूपैयाँ पुग्यो रातो बन्दा

आजको तरकारी तथा फलफूलको मूल्य, ४ सय रूपैयाँ पुग्यो रातो बन्दा

काठमाडौ, १४ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ४०० रुपैयाँ, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ३००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०,खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १२०, मौसम १३०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।