image
image
एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश लिन तीन दिन बाँकी

एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश लिन तीन दिन बाँकी

 

काठमाडौ, १४ असोज । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोज हुने भएको छ ।दुवै बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकको लाभांश हात पार्नका लागि सेयरधनी बन्न अब आइतबार र सोमबार गरी दुई दिनमात्र समय बाँकी रहेको छ । सोमबारसम्म कायम सेयरधनीले मात्र दुवै बैंकको लाभांश हात पार्न सक्नेछन् ।

एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले ३०.५२% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । 

बैंकले गत वर्षको नाफाबाट २९% बोनस सेयर र कर प्रयोजनका लागि १.५२% नगद गरी कुल ३०.५२% लाभांश दिने घोषणा गरिसकेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 

सभा प्रयोजनका लागि बैंकले असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।

यता, एभरेष्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।