image
image
लगातार २ दिन करेक्सनपछि सम्हालियो नेप्से सूचक

लगातार २ दिन करेक्सनपछि सम्हालियो नेप्से सूचक

काठमाडौ, १५ असोज । दुई दिनको करेक्सनपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक ५.१९ विन्दुले बढेर १९७६.२९ अंकमा आएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढी वृद्धि हुँदा १ अर्ब ७३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । होटेल र उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।

गत साताको बुधबार १८.६० अंक र यो साता आइतबार ३३.२० अंकले नेप्से घटेको थियो । सोमबार पनि बजार करिब २ बजेसम्म करेक्सनमै थियो । त्यसपछि भने बजारमा केही सकारात्मक माहोल देखिन थालेको हो । यसआधारमा लगातार २ दिनको करेक्सनपछि सूचक सकारात्मक देखिएको हो । बिहीबार भने सार्वजनिक विदाका कारण सेयर कारोबार भएको थिएन ।

यद्यपि, समग्रमा हेर्ने हो भने बजार आरालो यात्रामै छ । लामो समयदेखि बजारले गति लिन सकेको छैन । नीतिगत अवरोध र चर्को ब्याजदर नै बजार तल झार्ने मुख्य कारण मानिएका छन् । नीतिगत अवरोध जारी रहँदा आम लगानीकर्ताको बजारप्रति नकारात्मक मनोविज्ञान हावी छ । क्रेताहरु कम र बिक्रेताको सख्ंया अधिक हुँदा बजार २५ महिनादेखि बियरिस यात्रामा रहेको छ ।

यस दिन २८६ कम्पनीको ५७ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र सोल्टी होटेल परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।