image
image
११.०४ अंकले घट्यो सेयर बजार

११.०४ अंकले घट्यो सेयर बजार

 

काठमाडौ, १८ असोज । सेयर बजारमा निराशाको तस्विर देखिएको छ । बजार सुधारका लागि नियामकले कुनै पनि कदम नचालेपछि लगानीकर्ता निराश भएका छन् ।बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा आएको छ । १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

क्रेताहरु निष्कृय बस्दा बजारको ओरालो यात्रा जारी रहेको हो । सेयर बजार सुधारका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको जानकारहरुले बताएका छन् ।

लगानीकर्ताले १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न अनि ब्याजदर घटाउने टुल्स प्रयोग गर्न माग गर्दै आएका छन् । तर यी ३ मध्ये अहिलेसम्म एउटा पनि समस्या समाधान गरिएको छैन ।

सरकार र नियामक निकायका पदाधिकारी चुपचाप बस्दा बजार दबाबमा परेको हो । लगानीकर्ताले भने बजार पुँजीकरणका आधारमा हर्दा करिब १४ खर्ब रुपैयाँ गुमाइ सकेका छन् । यसअघि ४४ खर्ब हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३० खर्ब नजिक झरिसकेको छ ।

यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटेल परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।