image
image

सरकारले युवालाई तालिम दिने प्रक्रिया अगाडि बढाएको छ  :  अर्थमन्त्री महत

काठमाडौ, १८ असोज । अर्थमन्त्री प्रकाश शरण महतले, देशभित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको हो बताएका छन् । सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले, ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्य नजर गर्दै योजना बनाउँनु पर्ने हुन्छ ।

त्यसका लागि सरकारले काम गरिरहेको छ । ’रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताएका छन् ।

यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकाय मार्फतप्रायोजित गर्ने, यसमा नीतिगत रुपमा कहाँ कमि कमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ ।’ उनले भने ‘विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।’अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।