image
image
चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

 

काठमाडौं, २० असोज । चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए ।

ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताएका छन् । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रमा देखिएका अभाव र बेथिति रोक्न निरन्तर लागिरहेको बताउँदै मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि सरकारी अस्पतालका सेवामा आमूल परिवर्तन भइरहेको उल्लेख गरेका छन् । अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेको तथ्याङ्क आफूसँग भएको जानकारी दिदै उनले एक सय दिनमा एक सय सात काम गरेर देखाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।