image
image
सरकारले व्यवसायीको हितमा काम नगरे दशैंपछि आन्दोलन गछौं : केन्द्रीय सदस्य श्रेष्ठ

सरकारले व्यवसायीको हितमा काम नगरे दशैंपछि आन्दोलन गछौं : केन्द्रीय सदस्य श्रेष्ठ


काठमाडौं, २० असोज । सरकार र राष्ट्रबैंकको कारण अर्थतन्त्र विग्रिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठले आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी सम्मान कार्यक्रममा उनले सरकार र राष्ट्र बैंकको कारण अर्थतन्त्रमा समस्या आएको दाबी गर्दै सरकारले सुधार गरेर सहज वातावरण नबनाए दशैंपछि आन्दोलन गर्न महासंघ पछि नपर्ने बताए ।

उनले भने, ‘देशमा १६८ वटा उद्योग वाणिज्य संघ,जिल्ला र नगरहरु स्थापना भएका छन् । हातमा हात मिलाएर देशैभरी आन्दोदनमा हिड्नुपर्ने जस्तो देखिन आएको छ । अहिले नेपाल सरकार र राष्ट्र बैंकबीच असमझदारीको कारणले व्यवसायीको हितमा कुनै काम नभएकोले अहिलेको स्थितिमा व्ययसायीमाथि थिचोमिचो भएको महशुस महासंघले गरेको छ ।’

कार्यक्रमकको सिन्धु युएसए वोलफेयर सोसाइटीको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संयुक्त रुपमा सिन्धुपाल्चोक जिल्लाबाट ०७९ मा उत्कृष्ट नतिजा ल्याएर माध्यामिक शिक्षा परिक्षा (एसइई ) उर्तिण गरेका विभिन्न विद्यालयका पाँच जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा मेलम्ची घ्याङ मावी मेलम्चीका विवेक श्रेष्ठ, सोहि विद्यालयका आश्विन तामाङ, बाल शिक्षा मावी खाडिचौरकी संस्कृति चालिसे, प्रगति इङ्लिस सेकेण्डरी स्कूल मेलम्चीकी खुशी श्रेष्ठ र सजना बस्नेत रहेका छन् । सासाइटिको सहयोगमा कक्षा १२ उर्तिण गरेका विद्यार्थी विनोद ताामङ पाख्रिनलाई पनि कार्यक्रममा बधाई सहित सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।