image
image
सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २० असोज । सिटिजन्स क्यापिटल लिमिटेडले सत्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  ललितपुरमा भएको संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । 

 वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावहरूमा आ।व। २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

 साथै, आ.व. २०८०–८१ को लागि लेखा परीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरेको छ ।

 सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त गरी कार्यहरू गर्दै आइरहेको छ ।

 सिटिजन्स बैंक इन्टरनेसनल लि.को मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटल लि।मा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरूको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।