image
image
सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौ, २२ असोज । आज  सिटिजन्स बैंक ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो ।  कार्यालय समयभित्र यसमा आज आवेदन दिन सकिने छ । बैंकले आइतबार मात्रै सबै ऋणपत्र बिक्री नभएको भन्दै समय थप गरेको थियो । तथापि, सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको जनाएको छ । 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । 

बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।