निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गर्दै काठमाडौं फोटोग्राफर संघ
काठमाडौं, २५ असोज । काठमाडौं फोटोग्राफर संघले निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि असोज २७ गते (शनिबार ) के एण्ड के कलेज नयाँ बानेश्वरमा विजयदशमी, दिपावली, नेपल सम्वत, छठको अवसरमा संघले शुभकामना, चियापान तथा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गर्न लागेको हो।
संघका अध्यक्ष हरि प्रसाद घिमिरेले कार्यक्रममा सहभागी भएर लाभ लिन सम्पूर्ण फोटोग्राफरहरु लाई आग्रह गरेका छन् । उनले मधुमेहबाट हुने आँखाको बिरामीलाई विशेष चेकजाँच हुने बताएका छन् ।









