image
image
आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ

आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ


काठमाडौं, २७ असोज । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ। सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ। पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि सेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।