काठमाडौं फोटोग्राफर संघको नि:शुल्क आखा शिविर, २ सय जना लाभान्वित
काठमाडौं, २८ असोज । काठमाडौं फोटोग्राफर संघले काठमाडौंमा नि:शुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान–प्रदान गर्न आयोजित कार्यक्रममा शनिबार निःशुल्क आँखा शिविर संचालन गरिएको हो । के एण्ड के कलेज, नयाँ बानेश्वरमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रेशम राज पण्डितले सञ्चालन गरेका थिए ।
संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रत्नमान आँसु, पूर्व अध्यक्षद्वय बालकृष्ण श्रेष्ठ, मोति बहादुर बोगटी, निवर्तमान अध्यक्ष डिगम्बर राजवंशी, पूर्व उपाध्यक्ष जिबनाथ काफ्ले, भोजराज घिमिरे, निवर्तमान उपाध्यक्ष भोला काफ्ले, फोटो वाक नेपालका ओम यादव, वरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठ तथा कार्यक्रम संयोजक हरि ज्ञवालिले शुभकामना मन्तव्य राखेका थिए ।
काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको आँखा शिविर कार्यक्रममा सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा मधुमेहका बिरामिका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधि निस्शुल्क वितरक गरिएको थियो ।शिविरमा १ सय ७० भन्दा धेरै व्यक्तिहरू लाभान्वित भएको कार्यक्रमका संयोजक हरी ज्ञवालीले जानकारी दिएका छन् ।









