image
image
आजको फलफूल तथा तरकारीको मुल्य, आकासियो हरियो तरकारीको भाउ

आजको फलफूल तथा तरकारीको मुल्य, आकासियो हरियो तरकारीको भाउ



काठमाडौ‌, २९ असोज । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ ।

हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । परवलमा १०,मकै बोडि १०,भन्टामा ५ ,काउलीमा प्रतिकेजी १०,काँक्रोमा १० रुपैयाँ घट्दा रातो मूलामा १० रुपैयाँ,तने बोडिमा १०, मटरकोशामा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०,राजमा सिमीमा ३०,भटमासकोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।

यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ । आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली ९०,रातो मूला ७०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३५,तने बोडी ११०, मकै बोडी ८०,मटरकोशा २००,घिउ सिमी ५०,राजमा सिमी २२०,भटमासकोशा ७०,तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ७०,रायो साग ८०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ४००,कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०,कागती १२०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ६०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।