image
image
दुई महिनामा वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?

दुई महिनामा वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?


काठमाडौं, कार्तिक १ गते । वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन् । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएका हुन् ।

नेपाल राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा २० वटा बैंकले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । भदौमा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ ।

राष्ट्र बैंकका अनुसार अर्ब बढी नाफा कमाउने बैंक ५ वटा रहेका छन् । बाँकी १५ बैंकको नाफा अर्बभन्दा कम रहेको छ ।नाफा धेरै कमाउने दोस्रो र तेस्रो बैंकमा क्रमशः नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा कमाउने दोस्रो नम्बरका रहेको नबिल बैंकको १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंककाअनुसार भदौ महिनासम्मका सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।