image
image
मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

 

काठमाडौं, १० कार्तिक । एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको स्वास्थ्य मन्त्री मोहन बस्नेतले बताएका छन् ।

क्षेत्रिय सांसदहरुको योजना र तयारीबारे ललितपुरमा, आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त संयन्त्र निर्माण आवश्यक भएको बताए ।

उनले मलेरियालगायतका रोग एक देशबाट अर्को देशमा सहजै पार हुनसक्ने भन्दै रोगको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक प्रभावकारी सीमा सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले यस्ता संयुक्त बैठकले क्षेत्रिय स्तरमा मलेरिया न्यूनिकरणका लागि महत्वपूर्ण योजना बनाउने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरुको प्रभावकारी भूमिका हुने भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।