image
image
पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले कमायो ११ करोड भन्दा बढि नाफा

पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले कमायो ११ करोड भन्दा बढि नाफा

काठमाडौं, १० कार्तिक । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा ११ करोड ९५ लाख २१ हजार रुपियाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो । बैंकले अघिल्लो आव भन्दा १७८.५८ प्रतिशत नाफा बढाएको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ४ करोड १५ लाख ६१ हजार रुपियाँ कमाएको थियो ।

त्यस्तै गत आवको असोज मसान्तमा ५२ करोड २२ लाख ९२ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा ४९ करोड ९ लाख १० हजार रुपियाँ आम्दान गरेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा बढेर १८ करोड ९५ हजार रुपियाँ, इम्पेयरमेन्ट चार्ज ९ करोड ५२ लाख ४१ हजार रुपियाँ छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपियाँ छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपियाँ छ । त्यस्तै खराब कर्जा ३.४८ प्रतिशत छ । प्रतिशेयर आम्दानी १४ रुपियाँ ५७ पैसा रहेको र प्रतिशेयर नेटवर्थ १४७ रुपियाँ १८ पैसा रहेको बैंकद्वारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।