image
image
नविल बैंकको क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटर किन्न पाइने

नविल बैंकको क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटर किन्न पाइने


काठमाडौं । नविल बैंकको क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटर किन्न कर्जा सुविधा दिइने भएको छ । बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत कर्जा सुविधा सुनिश्चित गरेको हो । जसअनुसार एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत् कर्जा सुबिधा पाउनेछन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् ।एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।