image
image
एडीबी र सरकारबीच ग्रामीण सम्पर्क सुधारका लागि सम्झौता

एडीबी र सरकारबीच ग्रामीण सम्पर्क सुधारका लागि सम्झौता


काठमाडौं । काठमाडौं नेपालको ग्रामीण सम्पर्क सुधारका लागि । एसियाली विकास बैंक (एडिबी) बैंकले झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। आज एडिबी र नेपाल सरकारबीच अर्थमन्त्रालयमा ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल सरकार र एसियाली विकास बैंकको तर्फबाट एडीबीका नेपाल निर्देशक अर्नाउड काउचोइस र त्यसैगरी आयोजना सम्झौतामा स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरतप्रसाद अर्याल, पाँच प्रदेशका सचिव रमेशकुमार सिंह, अमृत श्रेष्ठ, शंकरप्रसाद पण्डित, सुनिल पौडेल र विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस्तै, अर्थ सचिव डा. पुष्करले, सडक जडान सम्बन्धी प्रस्तावित सहायताले ग्रामीण समुदायहरू, उत्पादनशील कृषि क्षेत्रहरू र सामाजिक–आर्थिक केन्द्रहरू बीचको ग्रामीण सडकको अवस्था सुधार तथा सडक प्रयोगकर्ताहरूको क्षमता अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, प्रस्तावित सहायताले जुनसुकै मौसममा चल्न सक्ने ग्रामिण सडक संजालको विकास र मर्मतमा रुपान्तरणकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ग्रामीण समुदाय जलवायु परिवर्तनको प्रभाव जस्तै बाढी र पहिरोको बढ्दो आवृत्ति र तीव्रताले सडकलाई क्षति पु¥याउने जस्ता जोखिममा छन्, यस सन्दर्भमा यो परियोजनाको स्थापनामा ठूलो सान्दर्भिक र महत्व छ र ग्रामीण क्षेत्रहरूमा समावेशीकरण र वृद्धिलाई प्रवर्द्धन गर्न वर्षभरी जडान कायम गर्ने छ ।’

उनले एसियाली विकास बैंकले नेपालको सामाजिक आर्थिक विकासमा दिर्घकालिन र निरन्तर सहयोग गरेकोमा प्रशंसा पनि गरेका छन् ।नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले एडिबीको ऋणले नेपालको सात प्रदेशमध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘एडिबीको ऋणले नेपालको सात प्रदेशमध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।