image
image
माण्डु हाइड्रोपावरले गर्यो लाभांश वितरणको प्रस्ताव

माण्डु हाइड्रोपावरले गर्यो लाभांश वितरणको प्रस्ताव


काठमाडौं । गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट माण्डु हाइड्रोपावर लिमिटेडले कुल १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । म्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको आधारमा कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यही कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारितका लागि मंसिर १५ गते १२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा छाँया सेन्टर, ठमेल, काठमाडौंमा विहान १० बजे कम्पनीले सभा बोलाएको हो ।

सभाले लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृति प्रदान गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।