image
image
भिजन लुम्बिनीको आईपीओमा पर्यो मागभन्दा बढी आवेदन

भिजन लुम्बिनीको आईपीओमा पर्यो मागभन्दा बढी आवेदन


काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको आईपीओमा मागभन्दा २.३४ गुणा बढी आवेदन परेको हो ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा एकै दिनमा तीन लाख ८४ हजार सात सय २७ जनाले ४८ लाख ५८ हजार सात सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जबकी कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर मात्रै सर्वसाधारणका लागि निष्काशन गरेको हो । आइपिओमा आवेदन दिने मिति कात्तिक २० गतेसम्म रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ भने यसै वर्ष देखि उत्पादन शुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।