image
image
एनआईसी एशिया बैंक,वितरणयोग्य मुनाफा ऋणात्मक,खराब कर्जा पहिले भन्दा माथि

एनआईसी एशिया बैंक,वितरणयोग्य मुनाफा ऋणात्मक,खराब कर्जा पहिले भन्दा माथि

 

काठमाडौं।  अरु बेला आफुलाई चामत्कारिक प्रदर्शन गर्ने भनेर भन्न रुचाउने एनआईसी एशिया बैंकले यस आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकका लगानीकर्तालाई निराशाको संकेत देखाएको छ। बैंकको खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढ्नुले पनि बैंकको खुद नाफामा ठुलै असर देखिएको छ। 

खुद नाफा 
बैंकको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको खुद नाफामा ठूलो कमी आएको छ। बैंकले यस त्रैमासमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेको थियो। यो ४२.४९ प्रतिशतले घटेको हो। 

खुद ब्याज आम्दानी
पहिलो त्रैमास सम्ममा बैंकले केबल २ अर्ब ७४ करोडमा खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ३ अर्ब ३३ करोड  रहेको थियो। यो  १७.५५ प्रतिशत घटेको हो। 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफामा पनि ठुलो असर देखिएको छ । पहिलो त्रैमास सम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिमा मुनाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । 

वितरणयोग्य मुनाफा
(९८ करोड ८२ लाख रुपैयाँ )
ऋणात्मक 

खराब कर्जा अनुपात
अघिल्लो वर्षको ०.५९ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष  बढेर १.३७ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज 
६४ करोड ४३ लाख 

प्रति सेयर आम्दानी
अघिल्लो वर्षको ५९.६२ रुपैयाँ रहेको इपीएस यो त्रैमासमा भने घटेर  २६.५८ रुपैयाँ भएको छ । 

मूल्य आम्दानी अनुपात 
१९.४६ गुणा 

प्रति सेयर नेटवर्थ
२०२ रुपैयाँ ५ पैसा

चुक्ता पूँजी
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ

जगेडा कोष
१५ अर्ब २२ करोड रुपैयाँ

निक्षेप संकलन तथा कर्जा परिचालन 
त्रैमास सम्म बैंकले ३ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ११ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।