image
image
भूकम्प पिडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने

भूकम्प पिडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने


काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा प्रभावितहरुको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोग गर्ने भएको छ ।

संघका अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं।’

गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई संघले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।