image
image
पाँच दिनसम्म भूकम्प प्रभावित क्षेत्रमा सिमसहितको निःशुल्क कल र एसएमएस

पाँच दिनसम्म भूकम्प प्रभावित क्षेत्रमा सिमसहितको निःशुल्क कल र एसएमएस


काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमको फोन तथा म्यासेज ५ दिनका लागि सिमसहित निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमले सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रूपमा सुचारु राख्ने प्रतिबद्धता जनाएको छ ।

टेलिकमले पाँच दिनका लागि निशुल्क टेलिकमको सिमसहितको एसएमएस र कल सेवा उपलब्ध गराउने जनाएको हो ।‘प्रभावित क्षेत्रमा पाँच ९५० दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।’

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्तेको वाइफालाई सेवा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ प्रकाशचन्द्र सिग्देल 9851021740, जनक डाँगी 951109955 , ओमप्रकाश ढकाल 9851347870 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।