image
image
जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपति पौडेलको आग्रह

जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

पौडेलले भने, ‘नेपालमा लगानीको अवसरहरु बढ्दै गएका छन् । लगानी सहज बनाउने कानूनहरु निर्माण भैसकेका छन । अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ । विद्युत व्यापारका क्षेत्रमा पपिछल्लो समय भएका प्रगतीले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु ।’

साथै उनले नेपालको पर्यटन, कृषि,सूचना प्रविधिलगायतका क्षेत्रपनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्र क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।