image
image
नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी लगायतका क्षेत्रमा ‘एक्सप्लोर’ गर्न लगानीकर्तालाई आग्रह गरेका हुन् ।

आज काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७औँ सम्मेलनमा उनले नेपाली ऊर्जा, पर्यटन, वन, कृषि, आइसिटी, हर्बललगायत विभिन्न क्षेत्र सम्भावना बोकेको भन्दै त्यसमा लगानी गर्न उनले आग्रह गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्राष्ट्रिय समुदायलाई आग्रह गर्दै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे ।

उनले नेपालले हाल भारत, चीन, बंगलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रुपमा पहुँच बढाएर व्यावार बजार विस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।