image
image
सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा अवतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा अवतरण

काठमाडौं । भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन् । चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।