image
image
भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग

भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग


काठमाडौं । भूकम्प पीडितका लागि ज्योति विकास बैंकले ५ लाख सहयोग गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा  ५ लाख आर्थिक सहयोग गरेको आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।