image
image
सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

२८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।

ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।