image
image
नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । आज नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक १० गतेबाट आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई छुटाइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

२७ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई छुटाइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।