image
image
एनसेलको सेयर किनबेच प्रकरणबारे छानबिन गर्न समिति गठन गरिने

एनसेलको सेयर किनबेच प्रकरणबारे छानबिन गर्न समिति गठन गरिने


काठमाडौं । एनसेलको सेयर किनबेच प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग मंगलबार बालुवाटारमा छलफल गरेलगत्तै संचार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।

संभवत बिहीबारको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउनेछ । र छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ, उनले भनिन्, त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ ।’ उनले समितिमा को को रहनेबारे मन्त्रिपरिषदको बैठकले नै निर्णय गर्ने पनि बताइन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत नलिएको र प्राधिकरणलाई जानकारी समेत नगराई अस्वभाविक मूल्यमा भएको कारोबार गरेको देखिएको सरकारको बुझाइ छ । मन्त्रालयद्धारा जारी विज्ञप्तिका अनुसार प्रधानमन्त्रीले सोमबार नै छानबिन गर्न निर्देशन दिइसकेका छन् । ‘प्रचलित कानुनी प्रावधान, अन्तर्राष्ट्रिय विधिको पालना, यस्ता क्रियाकलापबाट दुरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने अवसर, राजश्वमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।