image
image
एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, पुस १ गतेदेखि लागू हुने

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, पुस १ गतेदेखि लागू हुने

काठमाडौं । पुस १ गतेदेखि लागू गरी एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको पुस महिनाको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६।५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकको सूचना अनुसार कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम लाग्नेछ । बैंकले फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको बैंकको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।