image
image
हिमालयन रिइन्स्योरेन्सले गयो आइपिओ बाँडफाँड

हिमालयन रिइन्स्योरेन्सले गयो आइपिओ बाँडफाँड


काठमाडौं । आज हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज बिहान एक कार्यक्रमबीच आइपिओ बाँडफाँड गरिएको हो ।

मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म विदेश रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा मागभन्दा १।५२ गुणा बढी आवेदन परेको थियो । आवेदकमध्ये ३२ हजार ५६ जनालाई शेयर बाँडफाँड गरिएको छ । १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने सो भन्दा बढी माग गर्ने दुई हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।