image
image
घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


काठमाडौं । अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो  । सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।