image
image
नप्सेमा सूचीकृत भएका मध्ये १५ लघुवित्तले गरे लाभांश घोषणा

नप्सेमा सूचीकृत भएका मध्ये १५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नप्से) मा सूचीकृत भएका मध्ये १५ वटा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये १५ लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने लघुवित्तमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, समता घरेलु लघुवित्त संस्थाले लाभांश घोषणा गरेका हुन् । त्यस्तै एनआईसी एशिया लघुवित्त, उपकार लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, हिमालयन लघुवित्त र आत्मनिर्भर लघुवित्तले आफ्ना शेयर धनीका लागि लाभांश घोषणा गरेका हुन् ।

यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्तले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आत्मनिर्भर लघुवित्त, धौलागिरी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

धौलागिरी लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश छ । त्यस्तै फस्ट माइक्रोफाइनान्सले ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नै नगद लाभांश छ । त्यस्तै एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ । यसका साथै, आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनश शेयर मात्र वितरण गरेको छ । स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट १२ दशमलव ३५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव मङ्सिर १५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।

सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७०७६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर रहेको छ भने शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थं) रहेको छ ।

१५ लघुवित्त कम्पनीहरुमध्ये ४ लघुवित्त कम्पनीहरुले लाभांश वितरन नगर्ने निर्णय गरेको छ । जसमा उपकार लघुवित्त, गुरासँ लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।