image
image
लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?


काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्तालाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकले लगानीकर्तालाई ४.५० प्रतिशतका दरले हुन आउने १५ करोड २२ लाख २६ हजार रुपैयाँ नगद लाभांश र ४ प्रतिशतका दरले १३ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ ।

बैंकको सञ्चालक समितिले गरेको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने छ । यस्तै, बैंकको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ । गत वर्षको असार मसान्तसम्मको अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड २८ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।