image
image
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा

 

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले सो शेयर बिक्रीका लागि पुनर्बीमा कम्पनीको सञ्चालक समितिबाट स्वीकृत गराइसकेको जनाएको छ ।

लिलामी बिक्रीमा ल्याइएको शेयरका लागि हालका संस्थापक र नेपाली नागरिकले पनि ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ नघट्नेगरी इच्छुकले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।

शेयर बाँडफाँटका लागि हालका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।