image
image
नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । आजदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिन सकिनेछ। कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर सङ्ख्याको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौँमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।