हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिे अन्तिम मौका आज
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले बुधबारदेखि बिक्री खुला गरेको आईपीओमा आइतबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले शेयर निष्कासन गरेको छ । आज साँझ ५ बजेसम्म मागअनुसार आवेदन नपरेको खण्डमा पुस ११ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयरमा आइतबार बिहान १० बजेसम्ममा १२ लाख ८० हजार ५१८ जनाले ४ अर्ब ८३ करोड ७६ लाख ९९ हजार ८८० रुपैयाँबराबरको आवेदन दिएका हुन् । आइतबार बिहानसम्ममा २ करोड ३४ लाख ८३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।
आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिने छन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।









