image
image
कुमारी बैंकको संस्थापक शेयर बिक्री

कुमारी बैंकको संस्थापक शेयर बिक्री

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्न बोलपत्र आह्‍वान गरेको हो।

उक्त सेयर संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नामको हो। सेयर खरिद गर्न इच्छुक संस्थापक वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।सेयर खरिदका लागि आइतबारदेखि पुस ६ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एसियामा निवेदन दिन सकिनेछ।

बैंकले सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ निर्धारण गरेको छ। सोभन्दा कम मूल्य अंकित गरी पेस गरिने आवेदन स्वत रद्द हुने छ। न्यूनतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।