image
image
हरियाली सेयर बजार, ४५ दशमलव ९८ अङ्कले बढ्यो

हरियाली सेयर बजार, ४५ दशमलव ९८ अङ्कले बढ्यो


काठमाडौं । बजार बढेर हरियाली भएको छ । सेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो ।

आज सबै समूहको सेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने हिजो सोमवारभन्दा घटेको छ । आज एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।