image
image
हिमालयन हाईड्रोपावरले डाक्यो साधारणसभा, शतप्रतिशत हकप्रद प्रस्ताव

हिमालयन हाईड्रोपावरले डाक्यो साधारणसभा, शतप्रतिशत हकप्रद प्रस्ताव


काठमाडौं । यही पुस २५ गतेका लागि हिमालयन हाईड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । वाटरफ्रन्ट रिसोर्ट लेक साईड पोखरामा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव राखिएको छ । त्यसैगरी, सभामा वार्षिक प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने, बैंक कर्जा स्थानान्तरण गर्ने तथा कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालको निर्वाचन गर्नेलगायतका एजेण्डा रहेको छ ।

कम्पनीले सभा प्रयोजनार्थ पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।