image
image
आज काठमाडौँका यी स्थानमा विद्युत कटौती हुने

आज काठमाडौँका यी स्थानमा विद्युत कटौती हुने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत बन्द हुने बताएको हो ।

प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने भएका विद्युत सेवा अवरूद्ध हुने भएको हो ।

यसैगरी, महाराजगञ्ज वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत डाँडागाउँ, पासिकोट, भष्मथली, टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।