image
image
निजी क्षेत्रसँग सरकारले साझेदारी गरे अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सम्भव छ : राष्ट्रपति पौडेल

निजी क्षेत्रसँग सरकारले साझेदारी गरे अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सम्भव छ : राष्ट्रपति पौडेल

काठमाडौं । आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने  राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार  गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरुको भेलामा उनले आफ्नो तागतले भ्याएसम्म  र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने दृढता प्रकट गरेका हुन् । 

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ रहेको छ । उनले नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव भएको बताए । 

“साथै विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौं । यसको नेतृत्व हाम्रा तपाई उद्योगपति र व्यापारीहरुले नै गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने ‘कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ ।”

उनले सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी  क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै सोधानान्तर स्थिति बचतमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्ने बताए । उनले भने, “विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अप्ठ्यारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानुपर्छ भन्ने लाग्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।